झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
सारांश
- झापामा विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
- गत चार महिनामा करेन्ट लागेर १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- मेचीनगरका २२ वर्षीय सन्दीप राजवंशीको घरमा पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।
यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण