सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

एमालेले आफ्ना सांसदलाई आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

मङ्गलबार, ०३ भदौ २०८२, ०९ : ५३
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ।
  • एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई बोलाइएको हो।
  • बैठकको विषय र छलफलको एजेन्डाबारे जानकारी गराइएको छैन।

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । 

‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन ।’

संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने केही सांसदको अनुमान छ । 

‘साढे १० बजे आइसक्नु भनिएको छ । विधेयकहरूका बारेमा छलफल हुनसक्छ’, ती सांसदको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप