क्रिकेट
पहिले ब्याटिङ गर्दै नेपाल, रोकिएला हारको शृङ्खला ?
मङ्गलबार, ०३ भदौ २०८२, ११ : ०८
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ । अन्तिम खेलमा नेपालले २२ तारिखमा पाकिस्तान शाहिन्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण