बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध
सारांश
- मनसुनजन्य बाढीपहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन्।
- कर्णाली करिडोर, दार्चुला-टिंकर सडक लगायतका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध पारेको छ।
- सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन उपकरण परिचालन भइरहेको छ।
काठमाडौँ । मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ ।
विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा पहिरो जाँदा कर्णाली करिडोरको खुलालु–सल्लिसल्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै दार्चुलाको रानीबासमा पहिरो जाँदा दार्चुला–टिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैलेखको बागडुल्ल,डुल्लु नगरपालिकामा पहिरोका कारण खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
रोल्पाको पुतलाचौर,ग्राम्जिममा पहिरोका कारण शहिदमार्ग १४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । पश्चिम रुकमको चौखा खोला रिजगाड, उसुमखोला र छलगाडमा पहिरो गएकाले भेरी करिडोरअन्तर्गत छिन्चु–दुनै सडक १५ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरोजाँदा अरनिको राजमार्ग १६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । रसुवागढी स्याफ्रुबेंसी सडकमा दोस्रोपटक आएको बाढीले क्षति गर्दा तीन सातादेखि पूर्ण रूपमा अवरुद्ध छ भने मितेरी पुल बगाएको डेढ महिना बित्न लाग्दासम्म बेलिब्रिज जडान हुन सकेको छैन ।
यसैगरी तमोर करिडोर एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । ताप्लेजुङको फक्ताङ्लुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। रेमिट हाइड्रोले बेलिब्रिज जडान गर्ने पहल भएको विभागले जनाएको छ ।
संखुवासभाको बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि कोशी राजमार्ग अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन विभागले उपकरण परिचालन गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण