समाचार
सरकार अधिनायकवादी बाटोमा गएको माओवादीको निष्कर्ष, विपक्षी दलहरूसँग छलफल गर्ने
मङ्गलबार, ०३ भदौ २०८२, १३ : २६
सारांश
- माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षको तयारीप्रति चासो व्यक्त गरेको छ।
- बैठकले सरकार अधिनायकवादी तथा निरंकुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकाल्यो।
- प्रचण्डलाई प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा पहलकदमीको जिम्मा दिइएको छ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षको तयारीबारे गम्भीर चासो व्यक्त गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकले उपसभामुख रानालाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।
बैठकले प्रमुख प्रतिपक्ष दलको नेता भएको हिसाबले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पहलकदमीको जिम्मा दिएको सचिव गंगा श्रेष्ठले रातोपाटीलाई बताए । विकसित राजनीतिक घटनाका कारण बैठक भोलिसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।
‘सरकार अधिनायकवादी निरङ्कुश बाटोमा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने तयारी गरेकाले बैठक धेरै बेर बसेन । विपक्षी दलको नेताको हैसियतले अध्यक्षले नै पहलकदमी गर्ने जिम्मा दिइएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण