उपेन्द्र यादवको विषयमा परमादेशपछि गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
सारांश
- सर्वोच्च अदालतले गौर हत्याकाण्डमा अनुसन्धानका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध परमादेश जारी गरेको छ।
- गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूबीच मंगलबार यस विषयमा छलफल भएको थियो।
- १९ वर्षअघि रौतहटको गौरमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो।
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ ।
मंगलबार गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका प्रमुखहरूबिच छलफल भएको हो । सर्वोच्चको परमादेशपछि यो विषयमा छलफल गर्न बैठक बसिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको थियो ।
१९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए । गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगायत फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको दाबी गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण