शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘आचार्य’ छायांकन गर्न टिमसहित भारत लागे निखिल

मङ्गलबार, ०३ भदौ २०८२, १४ : २४
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान गरेका छन् ।

मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौँबाट भारतको पश्चिम बंगाल लागेको हो । 

टिममा निखिलसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारीलगायत छन् । भदौ ६ गते (अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको ‘डुअर्स’, बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा हुने निखिलले बताए । 

मुम्बई, नासिक र झारखण्डमा समेत खिचिने फिल्मको नेपाल पनि छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ६० दिन रहेको छ । 

फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्ममा काम गरिसकेका केही चर्चित कलाकारहरूसमेत रहनेछन् । 

निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन् । यही फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन् । नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ ।

यसअघि निखिलले सन् २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’ निर्देशन गरेका थिए । निखिल नेपाली फिल्मका एक्सन स्टार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप