९औं वार्षिकोत्सवको अवसरमा वात्सल्य क्लिनिकले ल्यायो विशेष अफर
काठमाडौं । प्रजनन उपचारको क्षेत्रमा उच्च सफलता दरका साथ स्थापित वात्सल्य क्लिनिकले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
निःसन्तानताको चुनौती बढ्दो अवस्थामा रहेको आजको समाजलाई लक्षित गर्दै, क्लिनिकले “सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा” भन्ने मूल नारासहित यो अफर ल्याएको हो। यसअन्तर्गत पहिलो आईभीएफ चक्रपछि यदि गर्भधारण हुन नसकेमा र सोही चक्रबाट स्वस्थ भ्रूण बाँकी रहेमा, दोस्रो आईभीएफ चक्र निःशुल्क उपलब्ध गराइनेछ।
वात्सल्य क्लिनिकले अहिलेसम्म ७० प्रतिशतभन्दा बढी आईभीएफ सफलता दर हासिल गर्दै ९,००० भन्दा बढी दम्पतीलाई सन्तान सुख प्रदान गरिसकेको छ। वार्षिकोत्सवमा ल्याइएको यो योजना, परिवार विस्तारको सपना बोकेका जोडीहरूका लागि थप अवसर प्रदान गर्ने उद्देश्यले गरिएको बताइएको छ।
यो सीमित अवधिको अफर भएकाले इच्छुक दम्पतीहरूले नजिकको वात्सल्य क्लिनिकमा सम्पर्क गर्न वा सिधै ०१-५९७०६११ मा फोन गर्न सक्नेछन्। साथै विस्तृत जानकारीका लागि क्लिनिकको आधिकारिक वेबसाइट www.vatsalya.com.np हेर्न सकिने क्लिनिकले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण