लाओसमा चार देशका कम्युनिस्टबिच बहस
काठमाडौँ । लाओसको राजधानी भेन्टेइनमा भएको चार देशका कम्युनिस्ट नेता तथा बुद्धिजीवीहरूबिच ‘मार्क्सवादी राजनीतिक दलहरूको शासकीय अनुभव’बारे बहस भएको छ ।
उक्त बहसमा नेपालका तर्फबाट एमाले केन्द्रीय सदस्य विष्णु रिजाल सहभागी भएका थिए । अगस्ट १५ देखि १७ सम्म भएको उक्त बहसमा चीन, भियतनाम, लाओस र नेपालका प्रतिनिधिहरू सहभागी भएका थिए ।
चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्कसिज्म र लाओसको लाओ नेसनल युनिभर्सिटीको आयोजनामा भएको बहसमा प्राध्यापक, अध्येता र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्कसिज्म ले आयोजना गर्ने गरेको मार्क्सवादी पार्टीहरूको शासकीय अनुभव सम्बन्धी बौद्धिक बहसको यो छैटौँ शृङ्खला भएको बताइएको छ ।
यसअघि चीनमै हुने गरेको यो कार्यक्रम यस वर्ष लाओ नेसनल युनिभर्सिटीसँगको सहकार्यको लाओसको राजधानी भेन्टेइनमा आयोजना गरिएको थियो । त्यहाँ सहभागीहरूले आ–आफ्नो देशका शासकीय अनुभवहरू आदान–प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण