यी सांसद जो अन्धविश्वास हटाउन मसानघाटमै सुते
एजेन्सी । पहिलो पटक आन्द्र प्रदेशको संसदमा चुनिएका निम्मला रामा नाइडू शुक्रबार राति पालकोल सहरको एक मसानघाटमा सुतेका छन् । राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा भइरहेको निर्माण कार्य भूतको डरले अबरुद्ध भएपछि यस्तो कदम चालेका हुन् । उनले आफ्नो कार्यले त्यहाँ काम गरिरहेका कामदारहरुको डर हटाउने आस गरेका छन् ।
“म यो ठाँउमा अर्को दुई तीन दिन सुत्नेछु ,” नाइडूले बताए, “यो यहाँ काम गर्ने कामदारहरुको मनबाट डर हटाउको लागि हो । उनीहरु यहाँ भइरहेको निर्माण कार्य जारी राख्नको लागि यो स्थानमा आउन पनि डराइरहेका छन् ।”
नाइडूले रातीको खाना पनि मसानघाटमै खाए ।
पहिलो रातमा उनलाई तर्साउने भूत थिएन बरु लामखुट्टे र छेउमा रहेको हिलोको दलदलको गन्धले भने उनको निन्द्रा केही विथोलियो । त्यसैले अर्को दिन आउदाँ उनी झुल बोकेर आए ।
नाइडूले मसानघाटको निर्माण धेरै वर्षदेखि बेवास्तामा परेकोमा दुःख व्यक्त गरे । नाइडूका अनुसार यो मसानघाटलाई व्यवस्थित गर्न सरकारी स्तरबाट ३ करोड भारु छुट्टाएको छ ।
“लामो समय यसको निर्माणका लागि आह्वान भएको टेण्डरमा कुनै कन्ट्राक्टर नै अघि आएनन् । दुई महिनाअघि बल्लतल्ल एउटा कन्ट्राक्टर आएका थिए, त्यसका कामदारहरु पनि अहिले आएर डरका कारण काम गर्न छाडेका छन् ,” उनले भने ।
केही दिन अघि काम गर्ने क्रममा कामदारहरुले आशिंक रुपमा जलेको लास देखेपछि भूत–प्रेतको डरले यहाँको निर्माण कामनै अबरुद्ध भएको हो ।
उनको यो कार्य केरलाका मुख्यमन्त्रीको नजरमा आएपछि उनले नाइडूको प्रशंसामा ट्वीट गरेका छन् ।
प्रदेश संसदका सदस्य रामा नाइडू अन्धविश्वासविरोधी अभियन्ता पनि हुन् । त्यो अर्थमा जानकारहरुले उनको प्रयासलाई स्थानीय मुद्दामा सिमित नगरी राष्ट्रिय बहस बनाउनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण