शुक्रकीट तथा अण्डा दानमा नयाँ मापदण्ड : पुरुष र महिलाका लागि फरक नियम
सारांश
- सरकारले निःसन्तान दम्पतीका लागि शुक्रकीट र अण्डा दान प्रक्रियालाई व्यवस्थित गर्न नयाँ मापदण्ड ल्याएको छ।
- नयाँ मापदण्डअनुसार पुरुषले १० पटकसम्म र महिलाले ६ पटकसम्म दान गर्न पाउनेछन्, जसमा समयको अन्तर तोकिएको छ।
- दाताको उमेर, स्वास्थ्य अवस्था, र गोपनीयतालाई ध्यान दिँदै, सरुवा रोगमुक्त हुनुपर्ने र परिचय गोप्य राखिने व्यवस्था गरिएको छ।
काठमाडौँ । निःसन्तान दम्पतीका लागि शुक्रकीट तथा अण्डा दान प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले नयाँ मापदण्ड लागु गरेको छ ।
नयाँ मापदण्डमा पुरुष र महिला दाताका लागि फरक–फरक नियमहरू तोकिएका छन्, जसले दान प्रक्रियाको प्रकृति र दाताको स्वास्थ्यलाई केन्द्र राखेर बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
के छ फरक ?
नयाँ मापदण्डअनुसार एक पुरुष दाताले आफ्नो जीवनकालमा बढीमा १० पटकसम्म वीर्य दान गर्न पाउनेछन् । जसमा प्रत्येक दानको बिचमा कम्तीमा १५ दिनको अन्तर हुनुपर्ने मापदण्डमा उल्लेख गरिएका छ । यस्तै, महिला दाताका लागि यो सीमा ६ पटक मात्र तोकिएको छ र प्रत्येक दानको बिचमा कम्तीमा तीन महिनाको अन्तर अनिवार्य हुनुपर्ने मापदण्डमा छ ।
डाक्टर विगत १८ वर्षदेखि आईभीएफ सेवा दिँदै आएकी डा.उमा श्रीवास्तवका अनुसार वीर्य दान एक सरल प्रक्रिया हो भने अण्डा दान एक जटिल चिकित्सा प्रक्रिया हो । जसमा हर्मोनल औषधिहरूको प्रयोग र सानो शल्यक्रिया समावेश गरिने उनले बताइन् । महिला दाताको स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर नै दानको संख्या र समयको अन्तरमा कडाइ मापदण्डमा गरिएको उनले बताइन् ।
यस्तै, महिला दातालाई प्रक्रियाका क्रममा र भविष्यमा आउन सक्ने सम्भावित जटिलताबारे स्पष्ट जानकारी गराएर मात्र मञ्जुरी लिनुपर्ने प्रावधान पनि अनिवार्य गरिएको छ ।
दुवै प्रकारका दाताका लागि अनिवार्य नियमहरू
–मापदण्डमा पुरुषको वीर्य, महिला दाताले अण्डा दानका लागि उमेर २० देखि ३५ वर्षको हुनुपर्नेछ ।
–दाता कुनै पनि सरुवा रोग (एचआईभी, हेपाटाइटिस बी/सी आदि) बाट मुक्त भएको प्रमाणित हुनुपर्नेछ । यसका लागि पछिल्लो तीन महिनाभित्र गरिएको रगतको विस्तृत परीक्षण रिपोर्ट अनिवार्य छ ।
–दाताको परिचय पूर्ण रूपमा गोप्य राखिनेछ र प्रापकलाई कुनै पनि हालतमा जानकारी दिइने छैन । अस्पतालले दाताको पहिचानका लागि कोड नम्बर प्रयोग गर्नेछ ।
–पारिवारिक सहमति यदि दाता विवाहित भएमा दम्पती (श्रीमानश्रीमती) दुवैको लिखित मञ्जुरी अनिवार्य गरिएको छ ।
–प्रलोभनमा प्रतिबन्धः कुनै पनि व्यक्तिलाई पैसा वा अन्य कुनै प्रलोभन देखाएर वा दबाब दिएर दान गर्न लगाउन पूर्ण रूपमा निषेध गरिएको छ ।
–दाताले तोकिएको संख्याभन्दा बढी पटक दान नगरून् भनी सुनिश्चित गर्न विभिन्न स्वास्थ्य संस्थाहरूबिच समन्वय गर्ने एउटा सफ्टवेयर प्रणाली निर्माण गरी लागु गरिनेछ, यसले एउटै व्यक्तिले फरक–फरक क्लिनिकमा गएर सीमा नाघ्ने सम्भावनालाई रोक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण