मानेलाई रातो कार्ड, १० खेलाडीमा सीमित अल–नासर फाइनलमा
सारांश
- क्रिस्टियानो रोनाल्डो र जाओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा अल-नासरले अल-इत्तिहादलाई २-१ ले हरायो।
- साडियो माने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल-नासर १० खेलाडीमा सीमित भयो।
- अल-नासरले साउदी सुपर कपको फाइनलमा प्रवेश गर्दै रोनाल्डो पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।
रियाद। क्रिस्टियानो रोनाल्डो र जाओ फेलिक्सको उत्कृष्ट समन्वयमा अल–नासरले १० खेलाडीमा सीमित भएर पनि अल–इतिहादलाई २–१ ले हराउँदै साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
खेलको सुरुवाती मिनेटमै अल–नासरका गोलरक्षक बेन्तोको गल्तीले करिम बेन्जेमालाई अवसर मिलेको थियो। तर, फ्रान्सेली स्टारले गरेको प्रहार पोस्ट बाहिर गयो।
त्यसपछि मार्सेलो ब्रोजोभिचको क्रसमा साडियो मानेले गोल गर्दै अल–नासरलाई अग्रता दिलाए। तर, अल–इतिहादले छ मिनेटमै स्टीभेन बेर्गविनमार्फत बराबरी गोल फर्कायो।
खेलको २५औँ मिनेटमा माने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अल–नासर १० खेलाडीमा सीमित भयो। गोलरक्षक हमेद अल–शान्कितीलाई कुल्चिएपछि रेफ्रीले उनलाई सिधै मैदान बाहिर पठाएका थिए।
खेलको घडी एक घण्टा पुगेपछि कप्तान रोनाल्डोले अफसाइड जाल तोडी बल अघि बढाए र बल जाओ फेलिक्सलाई पास गरे। फेलिक्सले सहजै बललाई जाली चुमाएर अल–नासरलाई २–१ को अग्रता दिलाए।
केही बेरपछि उनले अर्को गोल पनि गरेका थिए तर रोनाल्डोले फाबिन्होलाई लडाएको भन्दै त्यो गोल अमान्य गरियो। १० खेलाडीमै सीमित भए पनि अल–नासरले आफ्नो अग्रता जोगाउँदै जित निकालेको हो।
यो जितसँगै रोनाल्डो अल–नासरको जर्सीमा पहिलो उपाधि जित्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण