नाडा अटो शोमा सुजुकीको पहिलो ई-भितारा प्रदर्शनी, पर्वोत्सव अफरसहित आकर्षक योजना सार्वजनिक
सारांश
- सीजी मोटोकर्पले नाडा अटो शो २०८२ मा सुजुकी इ-भितारा इलेक्ट्रिक एसयूभी प्रदर्शनीमा राख्यो।
- कम्पनीले 'सुजुकी पर्वोत्सव अफर २०८२' सार्वजनिक गर्दै विभिन्न छुट र सुविधा घोषणा गरेको छ।
- कम्पनीले सन् २०३० भित्र ६ नयाँ ईभी बजारमा ल्याउने र विविध प्रविधि प्रयोग गर्ने योजना बनाएको छ।
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सुजुकी इ-भितारा प्रदर्शनीमा राखेको छ।
सो अवसरमा कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर २०८२’ पनि सार्वजनिक गरेको छ। यस अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षसम्म निःशुल्क पीएमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक्सेसरिज पाउन सक्नेछन्।
नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट दिलाइने र १० भाग्यशाली ग्राहकलाई १ तोला सुन प्रदान गरिने कम्पनीले जनाएको छ। साथै अल्टो र सेलेरियो मोडेलमा १ वर्षका लागि शून्य ब्याज सुविधा पनि उपलब्ध हुनेछ।
सुजुकीले इ-भितारालाई नेपालका सडक, भौगोलिक विविधता र जीवनशैलीअनुसार परिष्कृत गरेर ल्याएको दाबी गरेको छ। भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशमा बिक्री गर्ने योजना छ।
कम्पनीले सन् २०३० भित्र ६ नयाँ ईभी बजारमा ल्याउने र ब्याट्री इलेक्ट्रिक, हाइब्रिड, तथा बायोफ्युल प्रविधि समावेश गर्ने रणनीति बनाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण