अस्ट्रेलियामा ‘माग्ने राजा’लाई सय शाे
सारांश
- चलचित्र 'माग्ने राजा' भदौ ६ गतेदेखि अष्ट्रेलियाका २५ हलमा प्रदर्शन हुने भएको छ।
- थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले अष्ट्रेलियामा फिल्म रिलिज गर्दैछन्, जसले राम्रो व्यापार गर्ने अनुमान छ।
- केदार घिमिरे, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्।
काठमाडौँ । भदौ ६ (२२ अगस्ट)देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ ।
अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्रले विभिन्न हलमा एक सय शाे पाएको जानकारी दियो । बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शाेको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए ।
दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त शाे सहित रिलिज हुन लागेको बताइन् । उनका अनुसार अस्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन थालेका छन् ।
फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।
मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायाङ्कन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण