बालाजुबाट युवतीको सिक्री लुटपाट
बुधबार, ०४ भदौ २०८२, ११ : २१
सारांश
- काठमाडौंको माछापोखरीमा एक युवतीको सिक्री लुटिएको छ।
- महानगर यातायातमा यात्रा गरिरहेकी युवतीलाई ४ जना अपरिचित व्यक्तिले लुटेका थिए।
- करिब ९८ हजार मूल्य बराबरको आधा तोलाको सिक्री लुटपाट भएको हो, र लुटपाटमा संलग्नहरूको खोजी भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ । मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् ।
बसबाट ओर्लिने क्रममा उनी लुटिएकी हुन् । आधा तोला तौल भएको करिब ९८ हजार मूल्य बराबरको सिक्री लुटपाट भएको हो । लुटमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण