पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
सारांश
- सभामुख देवराज घिमिरे र पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भयो।
- भेटमा दुई देशबीचको सम्बन्ध र क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल भयो।
- सभामुखले जलवायु परिवर्तन र पर्वतीय क्षेत्रका चुनौतीबारे साझा एजेन्डा बनाउन जोड दिए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । काठमाडौँमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । भेटमा घिमिरेले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सभामुखले दुई देशबिच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे ।
प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकाे संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण