शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटलद्वारा ४ लाख कित्ताभन्दा बढी सेयर बिक्री आह्वान

बुधबार, ०४ भदौ २०८२, १२ : ०३
बुधबार, ०४ भदौ २०८२

सारांश

  • मुक्तिनाथ क्यापिटलले विभिन्न लघुवित्त र बैंकका सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने घोषणा गरेको छ।
  • कम्पनीले मेरो माइक्रोफाइनान्स, स्वावलम्बन, कालिका र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सेयर बिक्री गर्दैछ।
  • आवेदन फारम नारायणचौर, नक्सालस्थित कार्यालयबाट पाइनेछ र भाद्र २४ गतेसम्म बुझाउनुपर्नेछ।

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने घोषणा गरेको छ । कम्पनीले तोकिएका शर्तसहित योग्य व्यक्ति, कम्पनी तथा संस्थाहरुलाई यस प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।

कम्पनीले बिक्रीमा राखेका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. ३०० तोकिएको छ भने न्यूनतम आवेदन ५ हजार कित्ता मागिएको छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ता सेयर प्रतिकित्ता रु. ३७५ को न्यूनतम मूल्यमा उपलब्ध हुनेछन् । यसका लागि न्यूनतम ५ हजार कित्ता आवेदन दिनुपर्नेछ ।

यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता रु. ३३० को न्यूनतम मूल्यमा बिक्रीमा राखिएका छन् । कालिकाका हकमा न्यूनतम आवेदन १ हजार  कित्ता तोकिएको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर प्रतिकित्ता रु. १०० को न्यूनतम मूल्यमा बिक्री हुनेछन् । यसका लागि न्यूनतम आवेदन १ हजार ३१५ कित्ता मागिएको छ ।

 क्यापिटलले शिलबन्दी फाराम रु. १०० तिरेर नारायणचौर, नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ । इच्छुकले फाराम भरेर मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३:०० बजेसम्म बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरू मिति २०८२ साल भाद्र २५ गते बिहान ११:०० बजे कम्पनी कार्यालयमा खोलिनेछन् ।

यस प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ भने बाँकी रहेका सेयर उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप