बालबालिकाको गोपनीयता उल्लङ्घन, तीन करोड डलर जरिवाना तिर्दै गुगल
काठमाडौँ । युट्युब प्रयोग गर्ने बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको दाबीसहित परेको मुद्दा मिलाउन अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलले ३ करोड डलर क्षतिपूर्ति दिने भएको छ ।
३४ बालबालिकाका अभिभावकले कम्पनीमाथि मुद्दा दायर गरेका छन् । अभिभावकको सहमतिबिना बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गरिएको र लक्षित विज्ञापन पठाउन प्रयोग गरिएको आरोपमा मुद्दामा लगाइएको छ ।
यो मुद्दा मिलाउन गुगल क्षतिपूर्ति तिर्न पनि सहमत भएको छ । यद्यपि, सान होजे (क्यालिफोर्निया) को सङ्घीय अदालतमा दायर गरिएको मुद्दालाई अमेरिकी मजिस्ट्रेट न्यायाधीश सुसान भ्यान कलेनको स्वीकृति चाहिनेछ । यद्यपि, यस विषयमा गुगलबाट कुनै प्रतिक्रिया आएको छैन ।
२०१९ मा अल्फाबेटले तिरेको थियो १७ करोड डलर जरिवाना
गुगलको मातृ कम्पनी अल्फाबेटले २०१९ मा अमेरिकी सङ्घीय व्यापार आयोग र न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सले लगाएका समान आरोपहरू मिलाउन १७ करोड डलर जरिवाना तिर्न र केही नीतिहरू परिवर्तन गर्न सहमत भएको थियो ।
यो सजाय गुगलको लागि धेरै हल्का भएको केहीको भनाइ थियो । २०१९ को सम्झौता पछि पनि गुगलले कन्टेन्ट प्रदायकहरूलाई व्यक्तिगत जानकारी सङ्कलन गर्न मद्दत गर्ने अनुमति दिएको अभिभावकहरूको आरोप छ ।
बालबालिकालाई कार्टुन, नर्सरी राइम्स र अन्य सामग्री देखाएर उनीहरूको गोपनीयतामा छेडछाड गरिएको थियो भने दर्जनौँ कानुनहरू उल्लङ्घन गरिएको थियो । प्रस्तावित सामूहिक मुद्दाले २०१३ को जुलाई १ देखि २०२० को अप्रिल १ सम्मको युट्युब हेरेका १३ वर्ष मुनिका अमेरिकी बालबालिकाहरूलाई समेटेको छ ।
यस मुद्दामा लगभग साढे तीन करोडदेखि साढे ४ करोड बालबालिकाहरू संलग्न हुन सक्ने वादीका वकिलहरूले भनेका छन् । यी बालबालिकाहरूमध्ये १ देखि २ प्रतिशतले मात्र दाबी दायर गरेका छन् । त्यस्तै प्रत्येकले ३० देखि ६० डलर (खर्च र शुल्क कटौती गरेपछि) प्राप्त गर्न सक्नेछन् । वकिलहरूले कानुनी शुल्कको रूपमा ९० लाख डलर लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण