नैतिकताको व्याख्या पुँजीवादले गर्छ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि त्यो सबैभन्दा खतरनाक हुने बताएका छन् ।
बुधबार काठमाडौँमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
साथै उनले आजको नैतिकताको व्याख्या पुँजीवादले गर्ने पनि बताए । ‘आजको नैतिकताको व्याख्या पुँजीले गर्छ’, भुसालले भने, ‘पुँजीवादको सीमा काटेको पुँजीवाद मात्र हामीकहाँ रहेको छ । जसलाई म दलाल पुँजीवाद भन्छु ।’
त्यसक्रममा उनले नैतिकताको प्रश्न सत्तासँग जोडिएपछि त्यो खतरनाक हुने पनि बताए । ‘व्याख्या गरिएको पुँजीवादले पनि काम नगरेको उनले बताए ।
‘उद्यम र लगानी नगर्ने नाफामात्र खाने । अकुत नाफा खाने र त्यसबाट राजनीतिक पार्टी किन्ने, सांसद किन्ने, सरकार अदालत किनेर चलाउने’, उनले भने, ‘ त्यो भएपछि नेता नेता रहँदैन, न्यायाधीश न्यायाधीश रहँदैन ।’
उनले नैतिकका आधारमा नेता, मन्त्री र प्रधानमन्त्री नभएसम्म मुलुकको समस्या रहिरहने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण