नेपालमाथि भारतको गोल वर्षा
सारांश
- साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग ७-० गोलले पराजित भयो।
- खेलको पहिलो हाफमा नेपालले ५ गोल खाएको थियो भने दोस्रो हाफमा थप २ गोल खायो।
- भुटानमा भएको खेलमा भारतले नेपाललाई हराएर प्रतियोगितामा अग्रता कायम गर्यो।
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । बुधबार भुटानको चाङ्लीमिथाङ स्टेडियममा भएको खेलमा नेपाल ०–७ गोलले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा नै ५–० गोल खाएको थियो । खेलको १६ औँ मिनेटमा अभिस्टा बस्नेतले भारतलाई अग्रता दिलाइन् । २५ औँ मिनेटमा निरा चानु लोङजामले टोलीको अग्रता दोब्बर बनाइन् ।
३३ औँ मिनेटमा अनुष्का कुमारीले तेस्रो गोल गरिन् । ४१ औँ मिनेटमा अभिस्टाले व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा जुलान नोङमाइथेमले टोलीका लागि पाँचौ गोल गरिन् ।
दोस्रो हाफमा पनि भारतले गोल वर्षा जारी राख्यो । निरा चानुले ५६ औँ मिनेटमा टोलीको गोल संख्या आधा दर्जन पुर्याइन् । ६३ औँ मिनेटमा अनुष्काले खेलमा दोस्रो गोल गर्दै स्कोर ७–० पुर्याइन् ।
प्रतियोगितामा नेपाल र भारतसहित आयोजक भुटान र बंगलादेश रहेका छन् । चार टोलीले डबल राउन्ड रबिन लिग फम्र्याट अनुसार एक अर्कासँग दुईपटक आमनेसामने हुनेछन् । अन्त्यमा शीर्ष हुने टोली विजेता बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण