सरकारले पायो जापानको ३० अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण
बुधबार, ०४ भदौ २०८२, १७ : ०४
सारांश
- सरकारले जापान सरकारबाट करिब ३० अर्बको सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टर सेक्सन सुधार आयोजना कार्यान्वयनका लागि निर्णय गरेको छ।
- बैठकले वन परियोजनाको अनुदान तथा ऋण सम्झौता संशोधन र बिमा प्राधिकरण अध्यक्षलाई पदमुक्त गर्ने निर्णय गर्यो।
काठमाडौँ । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।
भाद्र २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले काेटेश्वर इन्टर सेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको बताए ।
बैठकले समृद्धिका लागि वन परियोजनाको अुनदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बिमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओलाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण