नक्कली सुन देखाएर ठगी गर्ने ४ जना पक्राउ
मकवानपुर । नक्कली सुन देखाएर ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी टोलबाट नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंगलबार साँझ ६ बजेको समयमा समयमा विशेष सूचनाको आधारमा हेटौँडा–११ सुकुम्बासी टोल त्रिवेणीचोकमा कोठा भाडामा लिई बस्ने मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया–८ बस्ने ४५ वर्षीय सूर्य बहादुर नेगी, बकैया–७ बस्ने ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ–१ भाल्चे बस्ने ४८ वर्षीय नाम्केल तामाङलाई जिल्ला प्रहरी मकवानपुरले पक्राउ गरेको हो ।
उनीहरूको कोठा भित्र खानतलासी गर्ने क्रममा झोला भित्र राखिएको अवस्थामा पिएएमए लेखिएको सुन जस्तो देखिने पंहेलो धातु–५० थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बरामद भएको सुन जस्तो देखिने उक्त धातुलाई आवश्यक परीक्षणको लागी मकवानपुर सुनचाँदी व्यवसायी सङ्घलाई पत्राचार गर्दा ४९ थान नक्कली रहेको थियो भने १ थान १० ग्रामको १ लाख ६७ हजार ६९५ रुपैयाँको सक्कली सुन बरामद भएको उनले बताए ।
बरामद भएको सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको र पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई ठगी उद्योग कसुर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
-
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण