जागिर खोज्दै लाओस गएका मजदुरलाई सेतो हेरोइनको सुटकेश
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध कारोबारको आरोपमा एक भारतीय नागरिक पक्राउ परे, जसको साथबाट ४ केजी हेरोइन बरामद भयो।
- अर्का एक भारतीय नागरिक पनि ३.८ केजी हेरोइन सहित पक्राउ परे, उनी कम्प्युटर सफ्टवेयर बनाउने काम गर्थे र उनलाई लाओस जान भनिएको थियो।
- दुवै व्यक्तिहरूलाई तस्करहरूले प्रयोग गरेको र उनीहरूलाई हेरोइन ओसारपसार गर्न भरियाको रूपमा प्रयोग गरेको देखिएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन १७ मा भारतीय नागरिक फिरोज अहमद पक्राउ परे । उत्तर प्रदेश घर भएर गुजरात बस्ने ३५ वर्षीय अहमद सामान्य मिस्त्री हुन् । तर, उनी काठमाडौँमा लागुऔषध कारोबार गरेको गम्भीर अपराधमा पक्राउ परेका हुन् ।
विमानस्थलको अराईभल एरियामा पक्राउ गरेपछि उनले ल्याएको सुटकेश जाँच गर्दा ४ केजी सेतो हेरोइन भेटियो । सो हेरोइन उनले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ ल्याएका थिए ।
हेरोइन बोकेर उनी भारत फर्किँदै थिए । तर, उनलाई सो सुटकेशमा सेतो हेरोइन भएको थाहा नभएको लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । मिस्त्रीको काम गर्दै गर्दा गुजरातमा साहिल नाम गरेका व्यक्तिले उनलाई प्रस्ताव राखे, ‘लाओस भन्ने देशमा राम्रो तलब पाइन्छ काम गर्न जाने हो ?’
लेबर काम गर्ने अहमदलाई ‘राम्रो तलब’ले लोभ्यायो अनि लाओस जान राजी भए । साउन ६ मा मुम्बईबाट हिँडेका अहमद बैंकक हुँदै लाओस पुगे । लाओस विमानस्थलमा एक जना मानिसले उनलाई रिसिभ गरेर होटलमा लगे । होटलमा बसेको केही दिनपछि भारतबाट साहिलले फोन गरेर भने, ‘अहिले काम मिलेन, त्यहाँबाट एउटा सुटकेश लिएर भारत आउनु ।’
लाओसमा एक जना व्यक्तिले दिएको सुटकेश लिएर काठमाडौँ विमानस्थल ओर्लिनासाथ उनी पक्राउ परे । तस्करले अहमदलाई प्रयोग गरेर हेरोइन तस्करी गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘अहमद सामान्य मजदुर हुन, उनी भरियाको रूपमा प्रयोग भएको देखिन्छ ।’
सुटकेशमा सेतो हेरोइन भएको कुरा आफूलाई थाहा नभएको अहमदले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । उनले भनेका छन्, ‘राम्रो तलब आउने काम पाइन्छ भनेर लाओस गएको हुँ, हेराइनेबारे थाहै छैन ।’
४ महिना अघि नै ट्रायल
लाओसबाट फर्किएका तामिलनाडुका मौलेश्वरन नन्जुन्दमूर्ति कुरनल वेल साउन १८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । ३२ वर्षीय वेलले ल्याएको सुटकेशमा ३ केजी ८ सय ग्राम सेतो हेरोइन भेटियो ।
तामिलनाडुमा बसेर आफू कम्प्युटर सफ्टवेयर सम्बन्धी काम गर्दै आएको वेल ले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।कम्प्युटर सफ्टवेयर तयार गरेको २० लाख नगद लिन एक जना भारतीय नागरिकले लाओस जानु भनेपछि आफू लाओस गएको वेलले प्रहरीलाई बताएका छन् ।
‘भारतबाट लाओस जाने टिकट र खर्चबापत ४३ हजार नगद लिएर म लाओस गएको हुँ’ वेलले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘त्यहाँ पुगेर वेन्सन इरिकलाई भेटेँ ।’
सफ्टवेयर निर्माण गरेको रकम पठाइदिने पेपरमा हस्ताक्षर गर्न लगाएर आफूलाई इरिकले कपडाको सुटकेश दिएर पठाएको वेलको जिकिर छ ।
उनी लाओसबाट बैंकक हुँदै काठमाडौँ विमानस्थलमा उत्रिएपछि पक्राउ परेका हुन् । तर, तस्करले उनलाई ४ महिनाअघि नै ट्रायल गरेर यस पटक सेतो हेराइन पठाएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
वेल२०८१ चैत २२ मा पनि लाओस हुँदै काठमाडौँ आएको देखिएको छ । एसएसपी कोइराला भन्छन्, ‘त्यसबेला नै हामीले उनलाई निगरानीमा राखेका थियौँ ।’
चार महिना अघि सर्च गर्दा उनको साथमा केही पनि भेटिएको थिएन । अहिले दोस्रो पटक लाओस बाट बैंकक हुँदै काठमाडौँ आउँदा उनी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण