आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : उपसभामुख हटाउने विषयमा कांग्रेसभित्रै विरोध, नाडामा गाडीमा छुट

बुधबार, ०४ भदौ २०८२, २२ : ००
बुधबार, ०४ भदौ २०८२

आज २०८२ भदौ ४ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • उपसभामुख हटाउने तयारी

 उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासले बुधबार पनि राष्ट्रिय राजनीति तात्यो । पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुख रानालाई हटाउने तयारीको सत्तारुढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ । 

  • तर्किन्छन् युवा

 नेकपा एमालेमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका सन्दर्भमा बेलाबखत बहस हुने गर्दछ । एउटै व्यक्ति अनिश्चितकालसम्म नेतृत्वमा रहन नपाओस् भनेर विधानमै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था गरिए पनि ती व्यवस्थालाई निलम्बन गर्दै एमालेमा नेतृत्व परिवर्तनको ढोका साँघुरो बनाइएको छ ।

  • नाडा अटो शो

दसैँमा नयाँ सामान किन्ने त नेपालीहरुको परम्परा नै हो । आफ्नो आर्थिक क्षमताले भ्याउनेहरुले दसैंकै अवसर पारेर नयाँ गाडी खरिद गर्ने चलन बढ्दो छ । 

  • प्रशासनिक पुनर्संरचना

साउन २६ गते बसेको गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णयलाई सामाजिक सञ्जालमा शेयर गर्दै संविधानविद् खिमलाल देवकोटाले गण्डकी प्रदेश सरकार, विशेषगरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई धेरै–धेरै बधाई भनेर लेखे । प्रशासनिक पुनर्संरचनाबारे अन्य प्रदेशमात्रै नभएर संघीय सरकारले पनि गण्डकीबाट सिक्न जरुरी रहेको उनको भनाइ थियो ।

  • इतर पक्षको दोस्रो पत्र

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्याका विषयमा दोस्रो पत्र दिएको छ । 

  • गाडी भाडा

 दसैँका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुल्छ । त्यसअघि भाडा समायोजनको जहिल्यै उठ्ने गरेको छ । यस वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल चाडपर्वको मुखमा सवारीको भाडादर समायोजन नगर्ने पक्षमा छन् । तर यातायात व्यवसायीहरु चैत मसान्तभित्रै हुनुपर्ने भाडा समायोजन अहिलेसम्म नभएको भन्दै रुष्ट छन् । 

  • लिपुलेक विवाद

 भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति गरेको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको भारत दुई दिने भारत भ्रमणका क्रममा यो सहमति भएको हो । 

  • अदालतको पनि हुर्मत

संविधानको व्याख्या कसले गर्ने भन्ने प्रश्न फेरि एक पटक उब्जिएको छ । कानुनका विद्यार्थी तथा संविधानका धारा पल्टाएर हेर्न जान्ने सामान्य शिक्षित वर्गका लागि यो प्रश्न औचित्यहीन जस्तो लाग्न सक्छ । किनकि संविधानको व्याख्या कसले गर्ने भनेर संविधानमा तोकिएकै छ ।

  • फरक मत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)ले सक्रिय राजनीतिमा फर्कन केन्द्रीय कमिटीले बन्देज गरेको निर्णयविरूद्धको फरक मत ‘अपानि’ (अन्तरपार्टी निर्देशन)मा समावेश नभएपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीको पुनः ध्यानाकर्षण गराएका छन् ।

  • गौर हत्याकाण्ड

भदौ २ मा सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डबारे अनुसन्धान अघि बढाउन परमादेश जारी गर्‍यो । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष (हाल जसपा नेपालका अध्यक्ष) उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप