नाडा अटो शोमा कुन गाडीमा कति छुट ?
काठमाडौं । दसैँमा नयाँ सामान किन्ने त नेपालीहरुको परम्परा नै हो । आफ्नो आर्थिक क्षमताले भ्याउनेहरुले दसैंकै अवसर पारेर नयाँ गाडी खरिद गर्ने चलन बढ्दो छ ।
यसका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरिरहेको ‘नाडा अटो शो’ भरपर्दो विकल्प हुनसक्छ । हरेक वर्ष यसै समयमा आयोजना हुने नाडा अटो शोमा यस वर्ष चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी पारखीहरुका लागि छनोटको राम्रो सुविधा छ ।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा विभिन्न अफर र छुटसहित सवारी खरिद गर्न पाइन्छ । नाडाले २०५५ सालदेखि सुरु गरेको नाडा अटो शोको यो १७ औँ संस्करण हो । केही दिनअघि मात्रै नाइमा अटो शो आयोजना भएको थियो ।
यस वर्षको नाडा शो निकै व्यवस्थित देखिएको छ । अटो पार्ट्सका लागि छुट्टै स्टल राखिएको छ । यस वर्ष उड्ने कारले सबैको ध्यान तानेको छ । प्रदर्शनीमा राखिएको उड्ने कार हेर्न मात्र पाइन्छ, छुन र किन्न पाइँदैन । नेपालमा अटो शोकै लागि भनेर चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने ट्याक्सी पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शनीमा राखिएको हो ।
एमएडब्ल्युले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिने प्रयास भन्दै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटोमा ल्याएको हो ।
नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् । नाडामा ईभीको वर्चस्व छ, ग्राहकको आकर्षण पनि त्यसमै बढी देखिएको छ । यस्तो गाडी बेच्न एक साताअघि भएको नाइमा एक्स्पोमा जस्तै नाडा अटो शोमा पनि कम्पनीहरूबिच ‘प्राइस वार’ नै देखिएको छ । विभिन्न अफरसहित नयाँ मोडलका गाडीहरूमा ६ लाखसम्म छुट दिइएको छ ।
गाडी बिक्रेता कम्पनीबिच ‘प्राइस वार’ का कारण गाडी खरिद गर्ने ग्राहकहरू उत्साहित देखिएका छन् । जिनपेङ कम्पनीको नेपालका लागि आधिकारिक वितरक ठाकुर मोटर्स नेपाले सानो र स्मार्ट सिटी कार प्रदर्शनीमा राखेको छ ।
ठाकुर मोटर्सले लिङवक्स ईसी ०१ मोडलको मिनी विद्युतीय कारको १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँमा तोकेको छ । सिटी र प्रिमियम गरी दुई भेरिएन्टमा नेपाल पहिलोपटक उक्त कम्पनीको सिटी कार नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ ।
_U1Uwh3Qatm.jpg)
चारपाङ्ग्रे गाडीको सेग्मेन्टमा यो सबैभन्दा सस्तो ईभी हो । उक्त कारमा क्रमशः १९.२६ किलोवाट आवर र ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । एकपटकको फुल चार्जमा गाडीले २४० र ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
जिनपेङको स्मार्ट सिटी कारमा प्रिमियम फिचर र आरामदायी छ भने कारमा चार जनाले यात्रा गर्न सकिने छ । कारको ग्राउन्ड क्लिरियन्स २०० एमएम छ । लिङवक्समा १०.१ इन्च लामो कनेक्टिभिटी सुविधा भएको आकर्षक टचस्क्रिन राखिएको छ । सुरक्षाका लागि एड्भान्स ब्रेकिङ सिस्टम र इन्टेलिजेन्ट कोलिजन डिटेक्सन जस्ता फिचर उपलब्ध छन् ।
प्रतिघण्टा १०५ किलोमिटरसम्मको उच्च गतिमा हाँक्न सकिने लिङवक्समा ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले १०५ एनएम टर्क जनेरेट गर्छ ।
एमएडब्ल्यूका मात्रै सात स्टल
नाडा अटो शोको मुख्य प्रायोजक समेत रहेको एमएडब्ल्यूका मात्रै सात स्टल राखिएका छन् । एमएडब्ल्यूले नाडा अटो शोमा ६ वटा ब्रान्डका लागि ७ वटा स्टल राखेको छ । नाडामा चारपाङ्ग्रेको कुल १९ वटा स्टलमध्ये ७ वटा एमएडब्ल्यूका मात्रै छन् । गत वर्ष पनि एमएडब्ल्यू ग्रुपले सबैभन्दा धेरै बुकिङ लिएको थियो ।
उक्त कम्पनीले नामी, सेरेस, डिपल, फोटोन, अवतार, सोकोन जस्ता ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखेको छ भने दुईपाङ्ग्रेतर्फ पनि यामाहा बाइकको स्टल छ ।
नाडा अटो शोमा गाडीको मूल्य र छुट
टाटा
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार सार्वजनिक भएको ‘न्यु सफारी’ मोडलको २ हजार सीसीको डिजेल इन्जिनमा उपलब्ध गाडीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ राखेको छ ।
टाटाले अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षिक अफर ल्याएको छ । टाटाका गाडी बुक गर्ने ग्राहकका लागि लाइफटाइम चार्जिङ निःशुल्क गर्ने सहुलियत दिइएको छ ।
अफर अन्तर्गत ग्राहकले आफूसँग टाटाको गाडी हुँदासम्म चार्जिङ शुल्क तिर्नुपर्दैन, कम्पनीले व्यहोर्नेछ । सिप्रदीले नाडा अटो शोमा सफारी डार्क एडिसन, पन्च इभी, नेक्सन के ३, नेक्सन इभी लङ रेन्ज, कर्भ इभी र टियागो इभी राखेको छ ।
_gbWXB9xOin.jpg)
त्यसबाहेक टाटाको ईभी लाइनअपमा सुरुवाती मूल्य २७.४९ लाख रहेको टियागो ईभी, ४८.९९ लाख मूल्य रहेको तेस्रो पुस्ताको नेक्सन ईभी केथ्री र ५६.९९ लाख मूल्य तोकिएको छ ।
एमएडब्ल्यू
नेपालमा दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिनको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । चांगान लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्ने र यो नेपालको सहरी सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
जिनपेङ
दुई भेरिएन्टमा उपलब्ध जिनपेङको वास्तविक मूल्य २३ लाख ४९ हजार र २४ लाख ९९ हजार रुपैयाँ छ । तर नाडा अवधिभरका लागि कम्पनीले १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जिनपेङ नेपाली बजारमा ठाकुर मोटर्सले ल्याएको हो । नेपाल भित्रिएको जिनपेङमा कम्पनीले ५ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ ।
सुजुकी
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पेट्रोलियम गाडीको ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका गाडी राखिएको छ । सुजुकीले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि दिएको छ । ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बिमा, ६ वर्षका लागि निःशुल्क पीएमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र एसेसरिजहरु पाउन सक्नेछन् ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ ।
फोटोन टनल्यान्ड जी–७
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले टनल्यान्ड जी–७ मोडलको पिकअप गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यही मोडलको लक्जरी र फ्ल्यागसिप अटो प्रिमियम मोडलको मूल्य क्रमशः ६५.४० लाख र ७४.९९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । शोमा गाडी बुक गर्नेले तीन वर्षको सट्टा चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी पाउनेछन् ।
डीपल एस–०५
नेपालका लागि डिपलको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोमोबाइल्सले नाडामा डीपलको विद्युतीय एसयूभी एस–०५ को मूल्य ५८.९९ लाख र टप मोडलको मूल्य ६४.९९ लाख रुपैयाँ तोकेको छ । यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
बीवाईडी एटो–२
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमन इंकले नयाँ विद्युतीय गाडीको मोडल एटो–२ को ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ । ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यस गाडीले एक पटकको फुलचार्जमा ३४५ किलोमिटरको डब्लुएलटिपी प्रमाणित रेन्ज दिने दाबी गरिएको छ ।
_r6uQis8rWV.jpg)
जिली ग्यालेक्सी
नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ चिनियाँ ब्राण्ड जिली एक्स–५ म्याक्स ६४ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्, जुन वास्तविक मूल्यभन्दा तीन लाख रुपैयाँ कम हो ।
जिली एक्स–५ प्रो नाडा अवधिभरका लागि ५४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको वास्तविक मूल्य ५८ लाख कायम गरिएको थियो । जेवाई एयर अल्ट्रा ६८ लाखको मूल्य रहेको ६४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जेवाई एयरका प्रिमियम मोडलमा पनि आकर्षक छुट योजना ल्याइएको छ ।
कम्पनीले नाडा अवधिका लागि दुवै ब्रान्डमा विशेष छुट दिएको छ । एलआरआरले जेवाई एयरमा ४ लाख र जिलीमा ३ लाख रुपैयाँ छुट दिएको छ ।
नामी
नाडा अटो शोमा नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्ल्यू ग्रुपले नामी दुई भेरिएन्टमा सार्वजनिक गरेको छ । जसको मूल्य नामी–०६ ई–२ ३७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ भने नामी ई–२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको वास्तविक मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ । नामी ०६ मा १ लाख रुपैयाँ छुट दिएको छ । ई–२ प्लसमा पनि कम्पनीले १ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ ।
रिडारा
नेपालका लागि रिडाराको आधिकारिक वितरक सिजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअपको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । दोस्रो भेरियन्टको पनि ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ, जसमा नगद छुट दिने घोषणा गरेको छ ।
बेस अप्सनको वास्तविक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले यसमा २ लाख रुपैयाँ र नाडा एक्सचेञ्जमा ३ लाख रुपैयाँ छुट दिएको छ ।
फोटो : योगेन्द्र नगरकोटी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण