नेकपा एमाले
चीन जानुअघि ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
बुधबार, ०४ भदौ २०८२, २२ : ३२
सारांश
- नेकपा एमालेले भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।
- बैठकमा विधान संशोधन प्रस्ताव र दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ।
- अध्यक्ष तथा प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन्।
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार भदौ १३ गते बिहान ११ बजे १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । अधिकारीका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा बैठक बोलाइएको हो ।
बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने छ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा तोकेको छ । बैठकमा विधान संशोधनमाथि आएका सुझावका बारेमा छलफल हुने बुझिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन्, त्यसअघि उनले बैठक बोलाएका हुन् ।एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ सम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण