लिपुलेक हुँदै भारत–चीन व्यापार सहमतिको कम्युनिस्ट समाजवादी पार्टीद्वारा विरोध
सारांश
- कम्युनिस्ट समाजवादी पार्टीले भारत र चीनबीचको सहमतिप्रति आपत्ति जनाएको छ।
- पार्टीका अनुसार लिपुलेक, सिप्लिका र नाथुला पासबाट व्यापार सञ्चालन गर्ने सहमतिले नेपालको भूमिमा आघात पुर्याउँछ।
- पार्टीले सरकारलाई भूमिको रक्षा गर्न र जनतालाई एकताबद्ध हुन आह्वान गरेको छ।
काठमाडौँ । कम्युनिस्ट समाजवादी पार्टी, नेपालले भारत र चीनबिच लिपुलेकसहित तीन नाकाबाट सिमाना पार व्यापार पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय समिति संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साउन ३ गते (१९ अगस्ट २०२५) भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि जारी सहमतिपत्रको नवौँ बुँदाले नेपालको भूमिमा आघात पुर्याएको बताएका छन् ।
विज्ञप्तिमा लिपुलेक पास, सिप्लिका पास र नाथुला पासमार्फत व्यापार पुनः सञ्चालन गर्ने सहमति नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकतामाथि चुनौती भएको उल्लेख छ । पार्टीले नेपाल सरकारलाई आफ्नो भूमिको रक्षा गर्नतर्फ गम्भीर पहल गर्न आग्रह गरेको छ ।
साथै, उक्त सम्झौताविरुद्ध सशक्त ढङ्गले उत्रिन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एकताबद्ध हुन आम नेपाली जनतालाई अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण