लिपुलेकमार्फत भारत–चीनबिचको व्यापार सन् १९५४ देखि निरन्तर हुँदै आएको हो: भारत
सारांश
- भारतले लिपुलेक सम्झौता बारे नेपालको दाबीलाई खारेज गरेको छ, र यो व्यापार दशकौंदेखि चलिरहेको जनाएको छ।
- भारतीय प्रवक्ताले लिपुलेक हुँदै चीनसँगको व्यापार १९५४ देखि चलिरहेको र कोभिडपछि फेरि सुरु हुने बताए।
- भारतले सीमा विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक छलफल गर्न तयार रहेको जनाएको छ।
काठमाडौँ। भारतले चीनसँग भएको लिपुलेक सम्झौता बारेको टिप्पणीमा आफ्नो आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै भारत–चीनबिचको लिपुलेक हुँदै हुने व्यापार दशकौँदेखि चलिआएको बताउँदै नेपालको दाबीलाई खारेज गरेका छन्।
उनले भने, ‘लिपुलेक पासमार्फत भारत–चीनबिचको व्यापार सन् १९५४ देखि निरन्तर हुँदै आएको हो। पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भएको यो व्यापार फेरि सुरु गर्ने दुवै पक्ष सहमत भएका छन्।’
नेपालले यसबारे दिएको टिप्पणीलाई लिएर प्रवक्ता जैसवालले भने, ‘सीमासम्बन्धी नेपालका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। यस्ता एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य छन्।’
भारतले सीमा सम्बन्धी बाँकी रहेका विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक बाटोमार्फत निर्माणात्मक छलफल गर्न तयार रहेको समेत स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण