सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने
बिहीबार, ०५ भदौ २०८२, ०७ : ०६
सारांश
- सामाजिक सुरक्षा कोषले अनलाइन सेवाहरू दुई दिन बन्द गर्ने जनाएको छ।
- कोषको सूचना प्रणालीको परीक्षणका लागि सेवा बन्द हुने भएको हो।
- आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार सेवा बन्द रहने छ।
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो।
कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने जानकारी दिएको छ।
कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको हो।
सूचनामा तोकिएको समयावधिभन्दा अगावै प्राविधिक परीक्षणको काम सकिएमा सेवा पुनः सुचारु हुन सक्ने पनि कोषले स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण