चीनलाई गोप्य जानकारी बेचेको आरोपमा दोषी ठहर भए अमेरिकी नौसेनाका नाविक
बिहीबार, ०५ भदौ २०८२, ११ : १०
वासिङ्टन डिसी । चीनलाई गोप्य जानकारी बेचेको आरोपमा अमेरिकी नौसेनाका एक नाविक अमेरिकी अदालतबाट दोषी ठहरिएका छन् ।
क्यालिफोर्नियामा तैनाथ २५ वर्षीय नाविक जिनचाओ वेईलाई छ वटा आरोपमा दोषी ठहराइएको हो । यसमा जासुसी, जासुसीको षड्यन्त्र र अमेरिकी नौसेना जहाजहरूसँग सम्बन्धित गोप्य डेटा अवैध रूपमा शेयर गरेको आरोप समावेश छन् । जिनचाओ वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जाल मार्फत गोपनीय जानकारीका लागि सम्पर्क गरेका थिए ।
‘नाविकले अमेरिकी सेनाको सदस्यको रूपमा आफूमाथि राखिएको विश्वासलाई गम्भीर रूपमा धोका दिए,’ नाविक दोषी ठहरिएको फैसलापछि, अमेरिकी वकिल एडम गार्डनले भने ।
‘पैसाको लागि चीनलाई सैन्य जानकारी बेचेर, नाविकले आफ्ना सहकर्मीहरूको जीवन त खतरामा पारे नै, सम्पूर्ण देश र हाम्रा सहयोगीहरूको सुरक्षालाई पनि खतरामा पारे,’ अझ अगाडि गार्डनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण