बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् पञ्चदान पर्वको रौनक
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् पञ्चदान पर्वको रौनक

बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । भक्तपुरमा आज पञ्चदान पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा बौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । 

बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण एवं ठुलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ ।

panchadan (2)

आजको दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी (सर्वत) र औषधिको दान गर्ने गरिन्छ । दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको काठमाडौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठीको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।

panchadan (3)

पञ्चदान दिने परम्परा अनुसार शाक्य, बज्राचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौँला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ ।

panchadan (4)panchadan (5)panchadan (6)panchadan (7)panchadan (8)panchadan (9)panchadan (10)panchadan (11)panchadan (12)panchadan (13)panchadan (14)panchadan (15)panchadan (16)panchadan (17)panchadan (18)panchadan (19)panchadan (20)panchadan (21)panchadan (22)panchadan (23)panchadan (24)panchadan (25)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया