मेरै कार्यकालमा गेटालाई विश्वविद्यालय बनाएर छाड्छुः स्वास्थ्यमन्त्री
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने बताए ।
- मन्त्रीका अनुसार, विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विधेयक संसदबाट पारित गर्ने प्रक्रिया चलिरहेको छ ।
- मन्त्री पौडेलले गेटा मेडिकल कलेजलाई आफ्नो पहिलो प्राथमिकताको परियोजनाको रूपमा राखेको बताएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि चर्चामा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् ।
उनले विश्वविद्यालय सञ्चालनका लागि कुनै रोकावट नरहेको बताउँदै यसलाई राष्ट्रिय आवश्यकताको रूपमा अघि बढाउन सरकार दृढ रहेको बताए ।
बिहीबार नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालयका लागि आवश्यक विधेयक संसदबाट पारित गरी संरचना निर्माण र पदाधिकारी नियुक्ति गर्ने काम अघि बढिरहेको जानकारी दिए ।
‘अहिले छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।
मन्त्री पौडेलले विगतमा संघ र प्रदेशबीचको अधिकारसम्बन्धी विवादका कारण गेटा सञ्चालनमा ढिलाइ भएको स्वीकार गरे ।
‘गेटा अस्पतालमा ३०० शैय्यामा विस्तार गरेर मेडिकल कलेज चलाउने हाम्रो तयारी थियो, तर विवादले निर्णय कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘अब यसलाई विवादको विषय होइन जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रको अपरिहार्य पूर्वाधारको रूपमा लिनुपर्छ ।’
यस्तै, गेटा मेडिकल कलेजलाई आफ्नो पहिलो प्राथमिकताको प्रोजेक्टमा राखेको बताउँदै मन्त्री पौडेलले आफ्नै कार्यकालभित्र यसलाई पूर्ण रूपमा सञ्चालन गरेरै छाड्ने जिकिर गरे । उनले आफूले चासो देखाएपछि अस्पतालमा बिरामीको चाप बढेको पनि बताए ।
‘पहिले दैनिक ५० जना बिरामी आउँथे, अहिले दैनिक ३०० जना बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण