झ्याल बिनाका ‘विन्डो शिट’ बेचेपछि डेल्टा र युनाइटेडमाथि मुद्दा
सारांश
- अमेरिकी एयरलाइन्स डेल्टा र युनाइटेडविरुद्ध यात्रुहरूले मुद्दा दायर गरेका छन्।
- यात्रुहरूले विन्डो सिटको लागि बढी शुल्क लिएको र झ्याल नभएको आरोप लगाएका छन्।
- मुद्दामा लाखौं डलर क्षतिपूर्तिको माग गरिएको छ, र कम्पनीहरूले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी विमान सेवा प्रदायक कम्पनीहरू डेल्टा एयरलाइन्स र युनाइटेड एयरलाइन्सलाई यात्रुहरूले मुद्दा दायर गरेका छन् ।
विन्डो शिट भनेर आफूहरूसँग धेरै पैसा लिएको तर झ्यालै नभएको ठाउँमा राखिएको भन्दै सो मुद्दा हालिएको हो । यी मुद्दा दुबै कम्पनीमाथि उनीहरूका १० लाखभन्दा धेरै यात्रुले लाखौं डलर क्षतिपूर्ति मागेर मुद्दा हालेका छन् ।
बूकिङ गर्ने बेलामा कम्पनीले धेरै पैसा लिएको तर यात्रीलाई शिटको नजिक झ्याल छैन भनेर उल्लेख नगरेको बताइएको छ । यस मामिला चलिरहेको कानुनी मुद्दाबारे सोधिएको प्रश्नमा युनाइटेडले कुनै प्रतिक्रिया दिन नमानेको बीबीसीले भनेको छ ।
बीबीसीले डेल्टालाई पनि यस मामिलामा सम्पर्क गरेको थियो । मुद्दामा यात्रीहरूले विन्डो शिटका लागि आफूलाई तिराइएको अतिरिरक्त पैसा फिर्ता मागेका छन् ।
दुबै मुद्दा ग्रिनबम अल्बान्ट्ज नाम गरेको ल फर्मामार्फत दायर गरिएको छ । एयर कन्डिशनिङ डक्ट, तारबार र अन्य सामानका कारण केही विमानमा विन्डो शिटमा झ्याल नभएको केही ऊजुरीकर्ताको गुनासो थियो । झ्यालै छैन भन्ने थाहा भएको भए आफूहरूले ती शिट बूक नगर्ने अरू केही यात्रीले गुनासोमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण