देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
सारांश
- माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सरकारका कारण देश बर्बादीतिर गएको बताए।
- देशलाई बर्बादीबाट रोक्न समाजवादी क्रान्तिको विकल्प नभएको उनको भनाइ छ ।
- उनले आगामी केन्द्रीय समिति बैठकले समाजवादको कार्यदिशा तयार पार्ने जानकारी दिए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले) नेतृत्वको गठबन्धन सरकारका कारण देश बर्बादीतिर गएको बताएका छन् । बिहीबार रातोपाटीसँग कुरा गर्दै उनले बर्बादीबाट देशलाई रोक्न समाजवादी क्रान्तिको विकल्प नभएको जिकिर गरेका हुन् ।
‘देश झनझन बर्बादीको दिशातर्फ गयो । यसलाई रोक्न समाजवादी क्रान्ति जिन्दाबाद भन्नु बाहेक अर्को विकल्प छैन । समाजवादमा पुग्ने त्यही आधार तयार गर्न हामी जुटेका छौँ । यसका लागि हामी समाजवादी मोर्चा र अन्य वामपन्थी दलहरू एकता र मोर्चाबन्दी गरेर जान्छौँ’, उनले भने ।
आगामी केन्द्रीय समिति बैठकले समाजवादको कार्यदिशा तयार पार्ने जानकारी दिँदै उनले महाधिवेशनले विचार, सिद्धान्तको संश्लेषण गरेर स्पष्ट नीति, योजना र कार्यदिशा बनाउने जिकिर गरे । केपी ओली नेतृत्वको गठबन्धन सरकार निरङ्कुश, तानाशाही र अधिनायकवादतर्फ अग्रसर भइरहेको सापकोटाको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण