एकीकृत समाजवादीमा थपियो समानान्तर कमिटी
सारांश
- नेकपा एकीकृत समाजवादीको मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन भएको छ।
- पार्टीका केन्द्रीय सदस्य बिष्णु लम्सालले आफूनिकट रहेका व्यक्तिलाई संयोजक तोकेपछि विवाद सुरु भएको हो।
- समानान्तर कमिटी गठन भएपछि एकीकृत समाजवादीभित्रको विवाद थप बढेको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन भएको छ । यसअघि युवा र विद्यार्थी संगठनमा पनि समानान्तर कमिटी बनेको थियो ।
कुमार सापकोटा अध्यक्ष रहेको मजदुर विशेष जिल्ला कमिटीलाई विघटन गरी पार्टीका केन्द्रीय सदस्य बिष्णु लम्सालले आफू निकट रहेका कमिटीका उपाध्यक्ष कुण्डल खड्कालाई संयोजक तोक्ने निर्णय गरेका हुन् ।
तर उक्त निर्णयलाई अस्वीकार गर्दै सापकोटाले पनि कुण्डल खड्का लगायतलाई हटाएर कमिटी पुनर्गठन गरेका छन् । योसँगै समानान्तर कमिटीको अवस्था बनेको हो ।
अध्यक्षसहित ६ जना पदाधिकारी रहेको कमिटी अध्यक्ष कुमार सापकोटा, उपाध्यक्ष ठाकुरबहादुर खड्का, सचिव रवि केसी र उपसचिव प्रभा पाण्डे सहित जिल्ला कमिटी सदस्यलाई समेत थाहा नदिई लम्साल निकटकाले समानान्तर कमिटी बनाएको सापकोटा पक्षको आरोप छ ।
लम्साल पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट हुन् भने जिल्ला कमिटी अध्यक्ष सापकोटा, सचिव केसी लगायत पदाधिकारी पार्टी महासचिव घनश्याम भुसाल निकटका हुन् । त्यस्तै, जिल्ला कमिटी इन्चार्ज एवम् केन्द्रीय सदस्य दीपक पौडेल सम्मानित नेता झलनाथ खनाल निकट हुन्।
पार्टी महाधिवेशनदेखि नै केन्द्रीय सदस्य दीपक पौडेल निकटका नेताहरूलाई हटाउने चलखेल गरेको खनाल निकट पक्षको आरोप छ । धमाधम समानान्तर गतिविधि हुन थालेपछि एकीकृत समाजवादीभित्रको विवाद थप झाँगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण