इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ
बिहीबार, ०५ भदौ २०८२, १७ : २९
सारांश
- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दिपक कुमार श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।
- इन्टरपोलको डिफ्युजन नोटिस जारी भएपछि बेलायतबाट आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
- उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपक कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
बेलायतबाट आगमन हुने क्रममा प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले बिहीबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण