डेंगु नियन्त्रणमा महानगरको ‘मेगा अभियान’, शुक्रबार कर्मचारी सडकमा आउने
काठमाडौँ । वर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गर्ने भएको छ ।
महानगरले शुक्रबार ‘वाल्क एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष अभियान सञ्चालन गर्न लागेको हो ।महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै अभियानबारे जानकारी दिएको हो ।
विभागका प्रमुख दिपक कुमार केसीका अनुसार महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई अभियानमा सहभागी हुन निर्देशन दिइएको छ ।
अभियानमा भोली महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित विभागीय प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहनेछ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण महिनालाई ‘डेंगु रोग सचेतना महिना’को रूपमा मनाउने निर्णय गरेसँगै महानगरले पनि आफ्नो सक्रियता बढाएको हो ।
सोही निर्णयलाई थप प्रभावकारी बनाउन महानगरले सबै वडाहरूमा एकैसाथ अभियान सञ्चालन गर्न लागेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण