सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण
काठमाडौं । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक पूरा गरेबापत प्रमाणपत्र प्रदान गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रा. डा. सुशील बी. बज्राचार्य उपस्थित थिए।
कार्यक्रममा सामसङ नेपालका मानवश्रोत प्रबन्धक जयन्त मणि कायस्थले सामसङ इनोभेसन क्याम्पस नेपाली युवालाई भविष्यका लागि आवश्यक सीपहरूमा दक्ष बनाउन निरन्तर योगदान दिइरहेको बताए। उनका अनुसार आगामी चरणमा AI र Big Data तालिम सुरु हुने छ।
सन् २०२२ डिसेम्बरमा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको उक्त कार्यक्रममार्फत विद्यार्थीलाई AI, IoT, Big Data, र कोडिङ–प्रोग्रामिङमा तालिम दिइँदै आएको छ। छनोट भएका विद्यार्थीहरूले प्राविधिक सीपसँगै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता Soft Skills पनि सिक्ने अवसर पाउँछन्।
डीन बज्राचार्यले सामसङसँगको सहकार्यले विद्यार्थीलाई भविष्यको प्रविधिमा दक्ष बनाउन सहयोग पुगेको भन्दै यसलाई अझ विस्तार गर्ने इच्छा व्यक्त गरे। विद्यार्थीहरूले प्रविधि प्रयोग गरी सामाजिक महत्वका परियोजनामा काम गर्ने भएकाले वास्तविक चुनौती समाधानमा यस कार्यक्रमले प्रत्यक्ष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण