दक्षिण कोरिया पठाउँछु भनेर १ करोड ठगेको आरोपमा एक जना पक्राउ
बिहीबार, ०५ भदौ २०८२, १९ : १५
काठमाडौँ । दक्षिण कोरिया पठाउँछु भनेर १ करोड ८ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ घर भएका ३८ वर्षीय साहारा सुव्वा थेवे छन् ।
काठमाडौँको नक्साल बस्दै आएका थेवेलाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनले ९ जना पीडितबाट १ करोड रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण