१३ सूत्रीय मागसहित वडाध्यक्ष आमरण अनसनमा, पालिका अध्यक्षसहितलाई लगाए यस्ता आराेप
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नम्बर २ का वडाध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन् ।
उनले १३ सूत्रीय मागसहित बुधबारदेखि अनसन थालेका हुन् । यादवको अनसनलाई गाउँसभाबाट निर्वाचित २१ जना सदस्यले साथ दिएका छन् । उनीहरुले गाउँपालिका कार्यालय सरुअठामा बिहान १० बजेदेखि धर्ना समेत सुरु गरेका छन् ।
अनसनकर्ता यादवले गाउँपालिका अध्यक्ष महमद सउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव र लेखापाल श्रीनारायण झामाथि आर्थिक ब्रम्ह्लुट, मनोमानी ढङ्गमा कर्मचारी नियुक्ति र पारदर्शिता विपरीत काम गरेको आरोप लगाएका छन् ।
मागहरू
- आर्थिक वर्ष २०७९ देखि ८२ सम्मका गाउँसभा निर्णय, कार्यपालिका बैठकका माइनुट, बजेट योजनासम्बन्धी सम्पूर्ण कागजात, बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने ।
- पालिकामा कर्मचारी नियुक्तिसम्बन्धी प्रमाण उपलब्ध गराउने ।
- अनलाइन टेण्डर, बैठक र बिडिङ प्रणाली लागू गर्ने ।
- सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यम शिक्षा सुरु गर्ने ।
- इन्धन, मर्मत तथा सम्पत्ति खर्च विवरण सार्वजनिक गर्ने ।
- गाउँपालिकाभर स्वास्थ्य बीमा अनिवार्य गर्ने ।
- कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराउने ।
- घरायसी बिजुली महसुल निःशुल्क गर्ने ।
- गाउँपालिका अस्पताल स्थापना गर्ने ।
- सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था गर्ने ।
- पदाधिकारी तथा सदस्यको सुविधा कानुनअनुसार वितरण गर्ने ।
- अवैध तरिकाले गरिएको ९ औँ गाउँसभा खारेज गर्ने ।
- पालिकाबाट सहयोग पाउनेको नामावली सार्वजनिक गर्ने ।
सङ्घर्ष समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष यादवले पालिकाको कामकाज पारदर्शी नभएकाले जनतामा गम्भीर निराशा बढेको बताए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।
यता गाउँपालिका अध्यक्ष महमद सउदले वडाध्यक्ष यादव निर्वाचनदेखि नै आफू विरुद्ध रहे पनि मागबारे छलफल गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण