सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न नेतन्याहूको निर्देशन
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा रहेका सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
- नेतन्याहूले हमासलाई परास्त गर्ने योजनालाई समेत स्वीकृति दिएका छन्, तर हालको प्रस्ताव अस्वीकार गरेका छन्।
- इजरायलले सबै बन्धकलाई एकै पटक मुक्त गर्न र हमासलाई निशस्त्र पार्न शर्त राखेको छ।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका सबै बाँकी बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।
उनले बिहीबार राति इजरायली सेनासँगको भेटमा आफ्नो मन्त्रिपरिषद्ले गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्ने योजनालाई समेत स्वीकृति दिएको जानकारी दिएका हुन् ।
कतार र इजिप्टको मध्यस्थतामा तयार गरिएको प्रस्तावअनुसार हामासले सोमबार ६० दिनको युद्धविराम मान्ने र बाँकी बन्धकमध्ये आधालाई छोड्ने सहमति जनाएको थियो । तर नेतन्याहूले हालको प्रस्ताव अस्वीकार गरेका छन् ।
इजरायली सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै वार्ताको स्थान टुङ्गिएपछि वार्ता टोली पठाइने जनाएका छन् । नेतन्याहूले गाजा डिभिजन मुख्यालयमा सैनिकहरूसँगको भेटमा ‘मैले सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएको छु’ भन्दै, ’गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न आईडीएफ (इजरायल डिफेन्स फोर्सेस) को योजनालाई स्वीकृति दिन आएको हुँ’ बताए ।
उनले ‘हमासलाई परास्त गर्ने र सबै बन्धकलाई मुक्त गर्ने – यी दुवै कुरा हातेमालो गर्दै अघि बढ्ने छन्’ भन्दै आगामी वार्ताको चरणबारे प्रस्ट विवरण भने दिएनन्।
यसअघि नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायल केवल सबै बन्धकलाई एउटै पटकमा मुक्त गरिए मात्र सहमत हुने र युद्ध अन्त्यका लागि हमासलाई निःशस्त्र बनाउनु, गाजालाई असैनिकीकरण गर्नु, गाजाको सीमा नियन्त्रण इजरायलको हातमा रहनु तथा गैर–हमास र गैर–प्यालेस्टिनी अथोरिटी शासन स्थापना हुनु पर्ने सर्तहरू रहने स्पष्ट पारेको थियो ।
२२ महिनादेखि जारी युद्धपछि इजरायलले ५० बन्धकमध्ये केवल २० जना मात्र जीवित रहेको विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण