दक्षिण अमेरिकामा ७.५ तीव्रताको भूकम्प
शुक्रबार, ०६ भदौ २०८२, १० : ४३
सारांश
- बिहीबार दक्षिण अमेरिका र अन्टार्टिकाको बीचमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।
- भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।
- भूकम्पको धक्का अर्जेन्टिनाको उशुआइआसम्म महसुस गरिएको थियो।
वासिङ्टन डीसी । बिहीबार दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजको बिचमा ७ दशमलव ५ तीव्रताको भूकम्प गएको छ ।
यति ठुलो भूकम्पपछि पनि सुनामीको कुनै खतरा भने नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भनेको छ । अमेरिकाको भुगर्व सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता सुरुमा ८ तीव्रताको भनेको थियो । भूकम्प जमिनबाट ११ किमि तल गएको बताइएको छ ।
भूकम्पको धक्का ७०० किमी भन्दा धेरै र रहेको अर्जेन्टिनाको उशुआइआ सम्म महसुस भएको बताइएको छ । चिलिको नेभी हाइड्रोग्राफिक सर्भिसले आफ्नो अन्टार्टिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो ।
यसअघि गएको मे महिनामा यही क्षेत्रमा ७ दशमलव ५ तीव्रताको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण