मान्छेको जीवन आफ्नो लागि नभई अरूको लागि समर्पण गर्नुपर्छ : डा शशांक कोइराला
शुक्रबार, ०६ भदौ २०८२, १२ : ३७
सारांश
- डा. शशांक कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्धारण गर्ने कुरा बताए ।
- उनले वीपी कोइरालाको जनताप्रतिको समर्पणको भावनाको स्मरण गरे ।
- कोइरालाले मानिसको जीवन अरूका लागि समर्पण हुनुपर्ने विचार व्यक्त गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन् । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले शुक्रबार आयोजना गरेको पूर्वजिल्ला सभापति वासुदेव शरण कोइरालाको शोकसभामा डा. कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए ।
डा कोइरालाले वीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केहि गरौँ भन्ने भावना भएकाले अहिलेसम्म पनि उनको स्मरण गरिरहेको बताए । कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभई अरूको लागि समर्पण गर्नुपर्ने बताए ।
मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यति नै प्रसिद्धि कमाउने उनको भनाइ थियो ।
वासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरूका लागि समर्पण गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण