मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

एक वर्ष कैद सजाय तोकिएका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, ०६ भदौ २०८२, १७ : ०१
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । प्रहरीले एक वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ बस्दै आएका ४० वर्षीय राजेन्द्र थापा छन् ।

उनलाई बिहीबार काठमाडौँको बागबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई २०८० साउनमा १ वर्ष कैदमा राख्न फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप