समाजवादी मोर्चाले भन्यो– लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक कालापानीको भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोर्चाले भारत र चीनबिच हालै पुलान– गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारुका लागि दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारसँग यस्तो माग गरेको हो ।
‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो भन्ने पुष्टि गर्दछ’,मोर्चाले भनेको छ, ‘नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबिच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ ।’
नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चाले घोर विरोध तथा असहमति प्रकट पनि गरेको छ ।
‘साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ’, मोर्चाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण