ओलीले झूटको प्रचार गरे : आजपा
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झूटो प्रचार गरेको आरोप लगाएको छ ।
आजपा अध्यक्ष प्रभु साहले चैत्र महिनामै साधारण सदस्यबाट निष्कासनमा परेका उपेन्द्र साह र आषाढ महिनामा ठगी आरोपमा निष्कासित मनोज यादवलगायतलाई एमाले प्रवेश गराएको भनेर प्रचार गरिएको प्रति आपत्ति जनाएका हुन् ।
उनले भने, ’एमाले अध्यक्षले टिका लगाएर ‘आजपाका दर्जनौँ ठुला नेताहरू एमालेमा प्रवेश’ गरेको भनेर गरिएको प्रचार पूर्णतः भ्रमपूर्ण र झूटो हो । प्रधानमन्त्रीजस्तो व्यक्तिबाट यस्ता असत्य प्रचार हुनु दुःखद र निन्दनीय छ ।’
आजपाले झूटो प्रचारमार्फत आम नागरिकलाई भ्रममा पार्ने कार्य रोक्नुपर्ने र यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न समेत सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
यसअघि एमालेले प्रधानमन्त्री ओलीले आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण