नेपाली महावाणिज्यदूतावास दुबईद्वारा ट्राभल डकुमेन्ट सेवा सुरु
काठमाडौँ । नेपाली महावाणिज्यदूतावास, दुबईले सेवा प्रवाहका लागि प्रारम्भिक तयारी पूरा गरी राहदानी तथा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) सेवा प्रदान गर्न सुरु गरेको छ ।
दुबईको देरा क्षेत्रस्थित अबु हाइल स्ट्रीट, भिला नम्बर १०९ मा रहेका कार्यालय भवनबाट सेवा प्रवाह थालिएको महावाणिज्यदूतावासले जानकारी दिएको छ ।
राहदानी तथा यात्रा अनुमतिपत्र सेवाका लागि इच्छुक नेपाली नागरिकहरूले अनलाइन फाराम भरेर फाराममा तोकिएको मितिमा कार्यालय समयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
युएई सरकारको सम्बन्धित निकायबाट कार्यालय भवनका लागि अन्तिम स्वीकृति प्राप्त भएपछि अन्य सेवाहरू पनि निकट भविष्यमा सुरु गरिने महावाणिज्यदूतावासले जनाएको छ ।
राहदानी सेवाप्रति देखिएको चापलाई ध्यानमा राख्दै आउँदो २०२५ अगस्ट २३ र २४ गते (शनिबार र आइतबार) सार्वजनिक बिदा हुँदाहुँदै पनि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म महावाणिज्यदूतावास खुला रहने जानकारी दिइएको छ ।
राहदानी सेवाका लागि तोकिएको समयभित्रै महावाणिज्यदूतावासमा उपस्थित हुनुपर्ने र इच्छुक नागरिकहरूले अनिवार्य रूपमा अनलाइन भर्नुपर्ने पनि सूचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण