नागढुंगा–मुग्लिङ सडक : भदौ मसान्तसम्ममा खाल्डाखुल्डी पुरिने
सारांश
- सडक विभागले चाडपर्वलाई ध्यानमा राख्दै नागढुङ्गा-मलेखु-मुग्लिङ सडक खण्डमा विशेष कार्ययोजना बनाएको छ।
- मनसुनजन्य विपद् र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन २४ सै घण्टा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिनेछ।
- दसैँ-तिहारमा घर फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिइनेछ।
काठमाडौँ । सडक विभागले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–मलेखु–मुग्लिङ सडक खण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरेको छ ।
कार्ययोजना अनुसार, मनसुनजन्य विपद्बाट सडक अवरुद्ध भएमा तत्काल खुलाउन र चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २४ सै घण्टा हेभी इक्विपमेन्ट (यन्त्र–उपकरण) तयारी अवस्थामा राखिने विभागले जनाएको छ ।
कार्ययोजनामा मनसुनका बेला बाढी–पहिरोका कारण हुन सक्ने अवरोधलाई प्राथमिकतामा राखिएको छ । यसका लागि पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।
जसले पहिरो जानेबित्तिकै अवरुद्ध हटाउनका लागि सहज हुनेछ साथै तत्काल यातायात सुचारु गराउन सकिने उनको भनाइ छ ।
उनकाअनुसार यो सडक खण्डलाई सुरक्षित बनाउन विभिन्न रोकथामका उपायहरू पनि अपनाइएको छ ।
यस्तै झ्याप्लेखोला र कृष्ण भिरजस्ता संवेदनशील क्षेत्रमा पहिरो रोकथाम तथा ‘स्लोप स्टेबिलाइजेसन’को काम जारी छ । उनले महेश खोला लगायतका स्थानमा खोलाले गर्ने कटान नियन्त्रणको काम सम्पन्न भइसकेको र टेवा पर्खाल निर्माण कार्य चलिरहेको बताए ।
यस्तै भू–संरक्षणका लागि हरियाली प्रविधिको प्रयोगलाई निरन्तरता दिइएको छ । आवश्यक स्थानमा पुल, कल्भर्ट तथा नाली निर्माण र सफाइको कामलाई पनि तीव्र पारिएको छ ।
यसैगरी दसैँ–तिहार जस्ता ठुला चाडपर्वमा घर फर्किने यात्रुहरूको चापलाई ध्यानमा राख्दै सडक मर्मत तथा सुधार कार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ । कार्ययोजना अनुसार, भदौ महिनाको अन्तिम सातादेखि मसान्तसम्ममा सडकका सम्पूर्ण खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिने विभागले जनाएको छ ।
विभागका अनुसार चालु अवस्थामा रहेका ठेक्का अन्तर्गतका निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षेत्रको खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको छ । साथै, सवारी साधनलाई आवतजावतमा कुनै कठिनाइ हुन नदिन बढी भत्किएका सडक खण्डहरूमा ग्राभेल राखेर सतह मिलाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण