प्रिमियर लिगमा शानदार सुरुवात गरेको सिटीलाई दोस्रो खेलमै झट्का
काठमाडौँ । लिगको शानदार सुरुवात गरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा भने लज्जास्पद हार बेहोरेको छ ।
घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटी टोटनहामसँग २–० गोलअन्तरले पराजित भयो ।
सिटीलाई हराउन ब्रेननन जोनसन र जाओ पाल्हिनाले एक एक गोल गरे । टोटनहामका यी दुई खेलाडीले पहिलो हाफमै टोलीलाई २–० को अग्रता दिलाएका थिए । यही अग्रता अन्तिमसम्म कायम हुँदा सिटीले लिगमा महत्त्वपूर्ण तीन अंक गुमाउन बाध्य भयो ।
आजको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न चुकेको सिटीले अघिल्लो सिजन पनि लिगको मध्यतिर खराब प्रदर्शन गर्दा उपाधिविहीन मात्र भएन तेस्रो स्थानमा लिग अन्त्य गर्न बाध्य हुनुपरेको थियो ।
यता टोटनहाम भने दोस्रो खेलमा पनि जित निकाल्दै स्पष्ट ६ अंक जोड्न सफल भयो । उसले यसअघि बर्नलीलाई ३–० ले पन्छाएको थियो । टोनहामले आगामी खेल बर्नमाउथसँग खेल्ने छ भने सिटीले ब्राइटसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण