मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन-२ को विजेता घोषित
सारांश
- इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन-२ को ग्राण्ड फिनाले ललितपुरमा सम्पन्न भयो।
- मेरो भ्वाइस युनिभर्समा प्रथम गुरुङ र मेरो डान्स युनिभर्समा रिस्ता गुरुङ विजेता बने।
- विजेताहरूले नगद, बिमा, हवाई टिकट र अन्य पुरस्कारहरू प्राप्त गरे, जसमा सभामुख लगायतले पुरस्कार वितरण गरे।
ललितपुर। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सका विजेता बनेका छन् भने रिस्ता गुरुङ मेरो डान्स युनिभर्सकी विजेता घोषित भएकी छन्।
विजेताले नगद रु १ करोड, रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट र अन्य पुरस्कार प्राप्त गरेका छन्।
मेरो डान्स युनिभर्सका फस्ट रनरअप अमृता राई, सेकेन्ड रनरअप सीतु महर्जन, थर्ड रनरअप सुरज सिंजाली मगर, फोर्थ रनरअप सुशना कोइराला र फिफ्थ रनरअप साजन पाख्रिन तामाङ रहेका छन्।
मेरो भ्वाइस युनिभर्समा फस्ट रनरअप टोपराज तामाङ, सेकेन्ड रनरअप जुनु प्रसाईँ, थर्ड रनरअप वाङ्गे गुरुङ, फोर्थ रनरअप प्रशान्त पोखरेल र फिफ्थ रनरअप दीपराज राई रहेका छन्।
कल्चरल ग्रुप डान्समा भुटनिज रेफुजी डान्स ग्रुप विजेता बनेको छ। फस्ट रनरअप मनास्लु वर्ड कलेज, सेकेन्ड रनरअप युमा महारानी नृत्य समूह, थर्ड रनरअप नेपाल प्रहरी र फोर्थ रनरअप तरेली सांस्कृतिक ग्रुप रहेका छन्।
विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण